११ वैशाख, महेन्द्रनगर । नेकपा (एमाले) ले कञ्चनपुरका ९ मध्ये ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटमा सुशीला सिंह, दोधाराचाँदनीमा राजिव खड्का, कृष्णपुरमा लोकेन्द्र पन्तलाई उम्मेदवार बनाउने सहमति जुटेको एमाले प्रदेश कमिटीले जनाएको छ । लालझाडी गाउँपालिकामा यसअघि नै निर्मल राना सर्वसम्मत उम्मेदवार गाउँपालिका अध्यक्षका उम्मेदवार थिए । […]