नेपाल चिकित्सक संघ चितवन आन्दोलित बनेको छ । उपचारका क्रममा महिलाको मृत्यु भएपछि आक्रोशित समूहले चितवन मेडिकल कलेजमा आइतबार तोडफोड गरेपछि संघले असुरक्षाको कारण देखाउँदै आकस्मिक बाहेकका सबै सेवा ठप्प गर्ने चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बुझाइएको ६ बुँदे मागहरु २४ घण्टाभित्र पूरा नभए सेवा बन्द गर्ने जनाएको छ । शनिबार साँझ नवलपुर मध्यविन्दु नगरपालिका–९ की ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा मृत्यु भएको थियो । दीर्घ पिनासको उपचार गर्न आएकी आशाको २६ गते अप्रेशनपछि अवस्था झनै बिग्रन पुगेको थियो ।