उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन् । उद्योगमा कार्यरत मजदुरहरूको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ । उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए । उदयपुर सिमेन्ट उद्योग राजनीतिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप