चोलेन्द्रको राजीनामा माग गर्दै रौतहटका वकिल पनि आन्दोलित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले थालेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै राैतहटका कानुन व्यवसायीहरु पनि आन्दोलित भएका छन । नेपाल वार एसोसिएसन राैतहटका अध्यक्ष राजाराम यादवकाे नेतृत्वमा जिल्लाका सवै कानुन व्यवसायी आईतवार विहान १० बजे देखि हातमा कालो पट्टी बाँधेर आन्दोलित भएका हुन्। सवै कानुन व्यवसायी २ घण्टाका लागि विहान १० बजेदेखि दिउँसो १२ बजे सम्म राैतहट जिल्ला अदालत परिसरमा आन्दोलनको कार्यक्रम अनुसार धर्ना बसेकाे अध्यक्ष यादवले जानकारी दिए ।

सम्बन्धित सामग्री

सर्वोच्चमा वकिल र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत अगाडि नेपाल बार एसाेसियसनका वकिलहरु र प्रहरीबीच घम्साघम्सी भएको छ। सत्ता गठबन्धनले प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेलगत्तै नेपाल बार एसाेसियसनका वकिलहरुले आज भौतिक आन्दोलन पुन: सरु गरेका थिए। काेराेना भाइरस संक्रमणकाे तेस्राे लहरसँगै स्थगित बारकाे आन्दाेलन आइतबारदेखि पुन: सुरु गरिएकाे हाे। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलित वकिलहरु […]

वकिलका श्रीमान् वकिल, सुन्ने र सुनाउने एकैखाले

पर्सा : सधैं न्यायालयको श्रीमानका अगाडि ऐन कानुनका किताब देखाउँदै तर्क पेश गर्ने पर्सा, बारा र रौतहटका वकिलहरू बुधबार भने आफैँ जस्ता वकिलकै अगाडि औँला ठड्याउँदै कुर्लिएका छन्।त्यो पनि अदालतको इजलासमा नभएर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको प्रांगणमा। नेपाल बार एसोसिएसनले झोसिदिएको आन्दोलनको अगुल्टो ठोस्दै पर्सा, बारा र रौतहट तीनवटै जिल्लाका आन्दोलित वकिलहरु आफैँ जस्ता वकिलकै अगाडि यसरी कुर्लिएका हुन्।सर्वोच्च बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै केन्द्रमा गरेको आन्दोलन तल्ला तहका

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै रौतहटका वकिल पनि आन्दोलित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले थालेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै रौतहटका कानुन व्यवसायीहरु पनि आन्दोलित भएका छन्।

प्रधानन्यायाधीशविरूद्धको आन्दोलनमा कांग्रेस/एमालेका वकिल संगठनको ‘भाँजो’

न्यायालय सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसन आन्दोलित छन् । तर, प्रमुख राजनीतिक दलनिकट वकिलका संगठनहरुले भने प्रधानन्यायधीशको राजीनामालाई गौण बनाएर वक्तव्य जारी गरेका छन् ।