मूल्यवृद्धि लक्षित सीमाभित्रै राख्न र अर्थतन्त्रका बाह्य क्षेत्रको उपलब्धि जोगाउन चालु आर्थिक वर्षको मौद्रिक नीति सक्षम हुने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल राष्ट्र बैंकको बचाउ गरेको छ । निजी क्षेत्रका तीन वटै छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रूपमा मौद्रिक नीतिप्रति असन्तुष्टि व्यक्त गरिरहेका बेला मुद्राकोषले राष्ट्र बैंकको बचाउ गरेको हो ।