बजेटको विवेकपूर्ण कार्यान्वयन अहम् : आईएमएफ

काठमाडौं । टिडिआने किन्डाले नेतृत्व गरेको अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) का कर्मचारीको एउटा टोलीले काठमाडौं भ्रमण सम्पन्न गरेको छ । जुलाई २०–२६ मा सम्पन्न उक्त भ्रमणको उद्देश्य पछिल्लो बृहत् आर्थिक विकासक्रम र कोष–समर्थित कार्यक्रम कार्यान्वयनबारे छलफल गर्नु रहेको आईएमएफको विज्ञप्तिमा उल्लेख छ ।  भ्रमण समापनका अवसरमा टोलीनेता किन्डाले एक विज्ञप्ति जारी गरी ‘गतवर्षको आर्थिक शिथिलतापछि चालू आर्थिक वर्ष (आव) २०८०/८१ मा आर्थिक वृद्धिदरमा सुधार आउने, महँगी वृद्धिदर घट्ने र बाह्य स्थिति निरन्तर बलियो हुँदै जाने अनुमान’ गरिएको बताएका छन् । होसियार र आँकडाप्रेरित मौद्रिक नीतिले मूल्य र बाह्य क्षेत्र स्थिरता कायम राख्न उचित उद्देश्य लिएको पनि उनले उल्लेख गरेका छन् ।  वित्तीय स्थिरताको रक्षाका लागि बैंकहरूको सम्पत्तिको गुणस्तरको अटुट निगरानी र सुपरिवेक्षकीय प्रयासहरू अझै महत्त्वपूर्ण रहेको पनि उनले उल्लेख गरेका छन् । त्यसैगरी चालू आवको बजेटको विवेकपूर्ण कार्यान्वयनलाई उनले वित्तीय दिगोपना संरक्षणको अहम् पाटोका रूपमा औंल्याएका छन् । चालू वर्षको बजेटमार्फत अवलम्बन गरिएका उपायहरुको कार्यान्वयनले चालू पूँजी खर्चको कार्यक्षमता सुधार गर्ने उनको भनाइ छ । उक्त टोलीले नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको मौद्रिक नीति बाह्य क्षेत्र स्थायित्व र मूल्यवृद्धि नियन्त्रणमा लक्षित भएको जनाएको छ ।  ‘अन्तरराष्ट्रिय मुद्राकोषको प्राविधिक सहायताका साथ कोष–समर्थित कार्यक्रम अन्तर्गतका प्रमुख प्रतिबद्धता पूरा गर्ने अधिकारीहरूको जारी प्रयास स्वागतयोग्य छ । उक्त कार्यक्रमअन्तर्गतको कार्यसम्पादनको विस्तारित कर्जा सुविधाको तेस्रो समीक्षाको सन्दर्भमा औपचारिक मूल्यांकन गरिने पनि उनले उल्लेख गरेका छन् । उक्त कार्य यसै वर्षको अन्त्यतिर हुने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।  ‘आईएमएफको टोली आतिथ्य र रचनात्मक छलफलका लागि नेपाली अधिकारीहरूप्रति कृतज्ञ छ । आईएमएफको टोलीले माननीय अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी, राष्ट्रिय योजना अयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र अन्य उच्च सरकारी तथा केन्द्रीय बैंकका अधिकारीहरूसँग छलफल गरेको छ । आईएमएफको टोलीले निजीक्षेत्र र विकास साझेदारहरूका प्रतिनिधिहरूलाई पनि भेटेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

सम्बन्धित सामग्री

जर्मनी गहिरो मन्दीतर्फ– आईएमएफ

जर्मनी, २३ असोज । जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले मङ्गलबार बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ । उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष शून्य दशमलव पाँच […]

चीनसँगको फलदायी वार्ता भएको आईएमएफ प्रमुखको भनाइ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुखले सोमबार चीनको भ्रमण सम्पन्न गर्ने क्रममा चीनका उच्च अधिकारीसँग भएको ‘फलदायी र ठोस’ वार्ताको प्रशंसा गर्नुभएको छ । महामारीबाट समग्र विश्वव्यापी आर्थिक पुनरुत्थान सुस्त भइरहेको र यस वर्ष विश्वव्यापी आर्थिक वृद्धिको लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरिएको आईएमएफले जुलाईमा जानकारी गराएको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आईएमएफले …

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत : आईएमएफ

कोलम्बो- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केत देखिएको उल्लेख गरेको छ । आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, “आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलङ्काका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ ।” आईएमएफले समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने, ऋण […]

पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन आईएमएफ सहमत, तत्कालको सङ्कट टर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन सहमत भएको छ । आईएमएफसँग ६ अर्ब डलरको ऋण सम्झौतामा हस्ताक्षर भएकाले पाकिस्तानले पहिलो किस्ताबापतको एक अर्ब ७७ करोड डलर छिटै प्राप्त गर्ने बीबीसी हिन्दीले जनाएको छ । यसअघि सन् २०१९ मा आईएमएफ र पाकिस्तानबीच ६ अर्ब डलरको ऋण सम्झौता भए पनि आधा रकम भुक्तानी गरेपछि आईएमएफले सम्झौता रद्द गरेको थियो । पाकिस्तानको ऋण तिर्ने क्षमता कम हुँदै गएको भन्दै अन्य अन्तर्राष्ट्रिय वित्तीय तथा आर्थिक साझेदार संस्थाले ऋण दिन अस्वीकार गर्दै आएका थिए । यसअघिका प्रधानमन्त्री इमरान ...

श्रीलङ्का-आईएमएफ वार्ता जारी : प्रधानमन्त्री रनिल विक्रमासिङ्घे

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा आज संसदमा सम्बोधन गर्नेक्रममा सङ्कटग्रस्त देशका प्रधानमन्त्रीले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । हाम्रो देशले यसअघि पनि धेरै पटक आईएमएफसँग वार्ता गरिसकेको छ। तर यस पटकको अवस्था विगतका ती सबै […]

कसिलो मौद्रिक नीतिबाट आयात निरुत्साहित गरः आईएमएफ

काठमाडौं, बैशाख २५। बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिलाई सन्तुलनमा राख्न सरकारले विलासी सामानको आयातमा रोक लगाएका बेला अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले कसिलो मौद्रिक नीतिबाट आयात निरुत्साहित गर्न सुझाव दिएको छ । नेपाललाई उपलब्ध गराएको ऋण सहायता (एक्स्टेन्डेड क्रेडिट फेसिलिटी) को उपयोगिताबारे अध्ययन गर्न रोवर्ट ग्रेगरीको संयोजकत्वमा आएको टोलीले कसिलो मौद्रिक नीतिमार्फत ब्याजदर वृद्धि […]

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गरेको उनका प्रवक्ताले बताएका छन् । महासचिव गुटेरेसले आइएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुने नयाँ राएसटी अनुमोदन गरेकामा बधाई  समेत व्यक्त गरेका हुन्। "आरएसटीले विकासोन्मुख देशहरू र कमजोर मध्यम आय भएका देशहरूलाई जलवायु परिवर्तन र लामो समयसम्म चल्ने कोभिड(१९ महामारी जस्ता समस्याहरूलाई स

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत

संयुक्त राष्ट्रसंघ, ४ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गरेका छन् । महासचिव गुटेरेसले आइएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुने नयाँ राएसटी अनुमोदन गरेकामा बधाइ समेत व्यक्त गरेका छन् । आरएसटीले विकासोन्मुख देशहरू […]

पाकिस्तान र आईएमएफ एमईएफपी सम्झौता गर्न असफल

इस्लामावाद– पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आर्थिक तथा वित्तिय नीतिसम्बन्धी सम्झौता (एमईएफपी) मा सहमति जुटाउन असफल भएका छन्। पाकिस्तानमा ६ बिलियन अमेरिकी डलर बराबरको इक्सटेन्डेड फन्ड फेसिलिटीको छैटौँ समीक्षा गर्न असफल भएको बताइएको छ। पाकिस्तान अहिले निकै कठिन अवस्थामा रहेको छ। विदेशी ऋण सबैभन्दा बढी भएको शीर्ष १० मुलुकको सूचीमा रहेको पाकिस्तान अहिले […]

आईएमएफ कोषमा अफगानिस्तानको पहुँच नरहने

३ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आफ्नो कोषमा अफगानिस्तानले पहुँच नपाउने बताएको छ । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै आईएमएफले आफ्नो कोषमा अफगानिस्तानलाई पहुँच नदिने निर्णय गरेको हो । आईएमएफका प्रवक्ताले अफगानिस्तानको सरकारलाई मान्यता दिने विषयमा अन्तर्राष्ट्रिय समुदायमा देखिएको स्पष्टताको अभावको कारण यस्तो निर्णय गरिएको बताएका छन् । २३ अगष्टमा अफगानिस्तानले आईएमएफबाट ३७ […]