आर्थिक वृद्धि ३.१ प्रतिशत : आईएमएफ

काठमाडौं। चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत रहने अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ । आईएमएफ मिशन चिफ टिडिएन किन्डाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिए । आर्थिक वृद्धि बढाउन सरकारले पूँजीगत खर्चको गुणस्तरमा सुधार गर्दै त्यसमा खर्च बढाउनुपर्ने उनको भनाइ छ । ‘सरकारले राजस्व बढाएर र सस्तो ब्याजदरमा सहुलियतपूर्ण कर्जा लिएर पूँजीगत खर्च बढाउनुपर्छ,’ किन्डाले भने, ‘पूँजीगत खर्च बढाउने लामो प्रक्रिया हुन्छ । त्यसमा अहिलेको सरकारले सकारात्मक प्रयास गरिरहेको छ ।’ सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई संरचनात्मक सुधारको अवसरका रूपमा प्रयोग गर्दै आर्थिक वृद्धिको बाटो खोल्नुपर्ने टिन्डाले बताए । पर्यटन क्षेत्रमा भएको सुधार, विप्रेषण आप्रवाहमा भएको वृद्धि र लचिलो मौद्रिक नीति बनाउँदासमेत बैंक, वित्तीय संस्थाको कर्जा लगानी बढ्न नसकेको किन्डाले बताए । ‘कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालको कर्जा विस्तार उच्च थियो । बैंकहरूको निष्क्रिय कर्जा बढेको छ । तर पनि नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएपछि चालू पूँजी प्रकृतिको कर्जा घट्नु र टर्म कर्जा बढ्नु सकारात्मक छ,’ किन्डाले भने, ‘अहिले राष्ट्र बैंकले ऋणीलाई दिएको सुविधालाई हामीले ट्रान्जिशनको रूपमा हेरेका छौं । आगामी दिनमा राष्ट्र बैंकले सम्पत्ति वर्गीकरण मापदण्ड र चालू पूँजी कर्जासम्बन्धी मापदण्ड पूर्णरूपमा कार्यान्वयन गर्नुपर्छ । आईएमएफले सरकारले कर प्रणालीमा सुधार गरेर राजस्व बढाउनुपर्ने र राष्ट्र बैंकले तथ्यांकमा आधारित मौद्रिक नीति बनाउनुपर्नेमा जोड दिएको छ । उसले सहकारीलाई नियमनको दायरामा ल्याउन पनि सुझाव दिएको छ । अहिले आईएमएफको कर्मचारी तहको टोली औपचारिक मूल्यांकन गर्नुभन्दा पनि सरकारले कसरी काम गरिरहेको छ भन्ने हेर्न आएको किन्डाको भनाइ छ । अहिलेको भ्रमणमा आईएमएफले नेपालको माइक्रोइकोनोमीको विषयमा छलफल गरेको र ईसीएफका शर्तहरूको प्रगति विश्लेषण गरेको उनले बताए ।

सम्बन्धित सामग्री

विश्वको आर्थिक वृद्धिको प्रक्षेपण बढ्दा नेपालको किन घट्यो ?

५ वैशाख, वासिङ्टन डीसी (अमेरिका) । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले ४ बैशाखमा विश्वको आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलुक) सार्वजनिक गर्दै विश्वको आर्थिक वृद्धि यो वर्ष सन् २०२४ मा ३.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । …

घट्दो क्रममा रहेको मुद्रास्फीति नेपालमा अझै उच्च : आईएमएफ

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालमा मुद्रास्फीति घट्दो क्रममा रहे पनि अझै उच्च रहेको बताएको छ ।  नेपालको विस्तारित कर्जा सुविधा व्यवस्थाअन्तर्गतको तेस्रो समीक्षापछि आईएमएफको नेपालका लागि कार्यकारी निर्देशकले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।  पोस्ट–प्यान्डेमिक रिबाउन्ड र क्रेडिट बूमले उत्प्रेरित गर्दा पनि गत वर्ष नेपालको आर्थिक वृद्धि उल्लेखनीयरूपमा सुस्त भएको उनले बताए । ‘कम घरेलु मागले बाह्य दबाब समाधान गर्न मद्दत गर्याे । तर, सरकारी राजस्व पनि घटायो । खर्च अनुशासनको बावजुद वित्तीय घाटा फराकिलो भयो,’ उनले भने ।  २०२३ नोभेम्बरमा जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका बाबजुद पनि आर्थिक वर्ष २०२३/२४ मा आर्थिक वृद्धिदर ३.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ, जुन सम्भाव्यताभन्दा कम छ । ‘वित्तीय क्षेत्रले कर्जा संकुचनको सामना गरिरहेको देखिन्छ, धेरै टिकाउ तथा विकास–समर्थक ऋण वृद्धिका लागि आवश्यक संक्रमणलाई सुविधाजनक बनाउन विनियामक तथा पर्यवेक्षी प्रथालाई बलियो बनाउन आवश्यक छ,’ उनले भने ।

मौद्रिक नीतिलाई आईएमएफको समर्थन, आर्थिक वृद्धि लयमा फर्कने विश्वास

११ साउन, काठमाडौं । नेपाल राष्ट्रबैंकले हालै ल्याएको मौद्रिक नीतिलाई अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले समर्थन गरेको छ । आईएमएफको एसिया प्यासिफिक डिभिजनका उपप्रमुख टिडियन किन्डाले नेपाल भ्रमणपछि जारी गरेको वक्तव्यमा मौद्रिक नीति सावधान र तथ्यांकमा आधारित रहेको र यसले मूल्य तथा बाह्य क्षेत्र स्थायित्व कायम गर्न उचित अडान लिएको उल्लेख गरेका छन् । ‘मौद्रिक नीतिले […]

मौद्रिक नीतिलाई आईएमएफको समर्थन, आर्थिक वृद्धि लयमा फर्कने विश्वास

११ साउन, काठमाडौं । नेपाल राष्ट्रबैंकले हालै ल्याएको मौद्रिक नीतिलाई अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले समर्थन गरेको छ । आईएमएफको एसिया प्यासिफिक डिभिजनका उपप्रमुख टिडियन किन्डाले नेपाल भ्रमणपछि जारी गरेको बक्तव्यमा मौद्रिक नीति सावधान र तथ्यांकमा आधारित रहेको र …

अधिकांश देश ऋणकाे पासाेमा पर्न सक्ने आईएमएफकाे चेतावनी

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अधिकांश देश ऋणको पासोमा पर्न सक्ने चेतावनी दिएको छ । एशिया तथा प्रशान्त क्षेत्रको इकोनमिक आउटलुक सार्वजनिक गर्दै उसले सन् २०२२ मा विश्वको औषत आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेकोमा एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धि ४ प्रतिशत हुने जनाएको छ । यस्तै, सन् २०२३ मा एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर […]

आईएमएफद्वारा उच्च आर्थिक मन्दीको चेतावनी

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले उच्च आर्थिक मन्दीको चेतावनी दिएको छ ।  आईएमएफले २०२३ को लागि विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपणलाई फेरि एकपटक घटाएको छ र विश्वको आर्थिक वृद्धि चार ट्रिलियन डलरले कम हुने प्रक्षेपण गरेको छ ।  आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले बिहीबार जर्जटाउन विश्वविद्यालयमा परिस्थिति राम्रो हुनभन्दा पहिले खराब हुने सम्भावना...

मुद्रा कोषको प्रक्षेपणः एसियामा ४.९ र नेपालमा ४.१ प्रतिशत आर्थिक वृद्धि

सन् २०२२ मा एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ४.९ प्रतिशत बराबर मात्रै हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सार्वजनिक गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक डाटाबेस, २०२२’ सार्वजनिक गर्दै आईएमएफले यस्तो प्रक्षेपण गरेको हो ।

‘वृद्धिदर ६ प्रतिशत’

सरकारले चालू आर्थिक वर्षमा साढे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि यो लक्ष्य पूरा नहुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको छ ।