पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो । ‘बर्ड फ्लु नियन्त्रणका लागि फर्मबाट सय मिटर आसपास चारैतिर भएका पक्षीहरू केहीबेरमा नष्ट गर्दै छौँ । बर्ड फ्लुले फर्मका करिब दुई कुखुरा