काठमाडौं : ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पशुपन्क्षीमा बर्ड फ्लु देखिएको छ। पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा हाँस, कुखुरा तथा बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए। नेपालमा यस वर्ष बर्ड फ्लु देखिएको यो छैटौँ पटक हो। यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरको तीन ठाउँमा बर्डफ्लु देखिएको थियो। बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिन