ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ ।
पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्डफ्लु रोग देखिएको जानकारी दिए ।
नेपालमा यसवर्ष बर्ड फ्लु रोग देखिएको यो छैटौँ पटक हो । यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरको तीन ठाउँ बर्डफलु देखिएको थियो ।