काठमाडौँ – प्रतिनिधि सभाबाट पारित ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’विरुद्ध नेपाल भेटेनरी एसोसिएसन आन्दोलित भएको छ। विधेयकमा गम्भीर त्रुटीहरु रहेको भन्दै त्यसलाई सच्याउनु पर्ने उनीहरुको माग छ। नेपाल भेटेनरी एसोसिएसनको आयोजनामा शनिबार राजधानीमा विरोध र्यालीसमेत निकालिएको छ। विरोध र्याली त्रिपुरेश्वरस्थित भेटेनरी कार्यालयबाट माइतीघर मण्डलासम्म पुगेको थियो। र्यालीमा सहभागीहरुले ‘योग्यताअनुसारको जिम्मेवारी देऊ, कृषिमन्त्री मुर्दावाद, […]