पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक संशोधन गरेर मात्र अघि बढाउन माग

नेपाल सरकारका पूर्व सचिव तथा पशु सेवा विभागका पूर्व अधिकारीलगायतले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  विधेयक नेपालको संविधान, संघीयताको मर्म, नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५, प्रदेश तथा स्थानीय तहका मौजुदा ऐनहरू र पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को मूल मर्मसँग बाझिने उनीहरूको भनाइ छ । व्यवस्थापिका संसद्को तथा जलस्रोत समितिले नेपाल भेटेरिनरी एसोसिएसन र नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनसम्बन्धी संघीयता अनुकूल दुई छुट