राष्ट्रियसभा सांसद खिमलाल देवकोटाले एमालेले अर्ली इलेक्शनको संकल्प प्रस्ताव दर्ता गराए सत्ता गठबन्धन पनि तयार हुने बताएका छन् । बुधबार विहान सामाजिक सञ्चालनमार्फत उनले स्थानीय तहको चुनाव सँगसँगै प्रतिनिधि सभाको अर्ली इलेक्शनको संस्थागत प्रस्ताव दर्ता गराउन एमालेलाई आग्रह गरे ।दुई तिहाइभन्दा बढी सार्वभौम सत्ता सम्पन्न जनताका प्रतिनिधिले जनताको जनादेशमा जाने निर्णय गरे अदालत पनि बाधक नहुने उनको भनाइ छ । 'अहिले स्थानीय तहको चुनाव पछि सार्ने प्रयासलाई रोक्न पनि नेकपा एमालेले अब दुईवटा मध्य