लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको ‘काउन्ट डाउन’ सुरु

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको ‘काउन्ट डाउन’ सुरु भएको छ । सत्तामा रहनका लागि अनेक दाउपेच अपनाएको आरोप लागेका उनी प्रदेशसभाको अंक गणितअनुसार अल्पमतमा देखिन्छन् ।लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबारका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धनले माग गरेबमोजिम प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन्, जहाँ विपक्षी गठबन्धनकै तर्फबाट प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको छिनोफानो हुनेछ ।विपक्षी गठबन्धनले दुई दिन

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

बुटवल।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्।प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुन केही समय बाँकी रहँदा पोखरेलले राजीनामा दिएका हुन्।प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन्।विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन्।पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक र बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

विशेष अधिवेशनअघि नै लुम्बिनीका मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना

विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकटमा परेको मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार रहने नरहने भन्नेबारे बुधबार छिनोफानो हुने भएको छ ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

यमलाल भुसाल, बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन समेत माग गरेका छन् । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । त्यसपछि प्रदेश प्रमुख अमिक […]

लुम्बिनीका मुख्यमन्त्री पोखरेल फेरि अल्पमतमा परे

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन्। शुक्रबार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गर्न नसकेको भन्दै राजीनामा दिएसँगै ४२ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेल फेरि संकटमा परेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले फेरि बहुमत गुमाए

बुटवल : आफ्नै क्याबिनेटका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन् । राज्‍यमन्‍त्री रायमाझीको राजीनामासँगै विपक्षी दलका नेताहरूले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । पार्टी निर्णयअनुसार मुख्यमन्त्री पोखरेललाई सहयोग गर्न नसक्ने भन्दै रायम…

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले फेरि बहुमत गुमाए

बुटवल : आफ्नै क्याबिनेटका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन् । राज्‍यमन्‍त्री रायमाझीको राजीनामासँगै विपक्षी दलका नेताहरूले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । पार्टी निर्णयअनुसार मुख्यमन्त्री पोखरेललाई सहयोग गर्न नसक्ने भन्दै रायम…

कानुन कार्यान्वयनमा बुझाईमा फरक हुँदा समस्या भयोः पोखरेल

दाङ।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल कानुन कार्यान्वयनको बुझाईमा फरक हुँदा समस्या सिर्जना भएको बताएका छन्।प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले एकल बहुमतसहितको सरकार गठनका लागि गरेको प्रयासमा अनावश्यक व्याख्या भएको बताए।संविधानको ७६ (२) को उपयोग दलहरुका लागि भएको बुझ्न जरुरी रहेको बताए।एकल दलको बहुमत रहेको अवस्थामा आफूले मुख्यमन्त्रीमा सपथ लिएपनि यसको अनावश्यक रुपमा विवाद निकालेर राजनीतिक द्वन्द्व निम्त्याएको आरोप लगाए।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल कति दिन सुरक्षित ?

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै लुम्बिनी सरकार संकटमा परेको छ।मुख्यमन्त्री पोखरेलले संविधानको धारा १८८ अनुसार ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव गर्नुपर्नेछ। विश्वासको मत लिन नसकेमा मुख्यमन्त्रीबाट पदमुक्त हुने संवैधानिक व्यवस्था छ। लुम्बिनीमा एमालेका ४१ सांसद छन्। सरकार जोगाउन माधव नेपाल समूह निर्णायक देखिएको छ।