लुम्बिनीका मुख्यमन्त्री पोखरेल फेरि अल्पमतमा परे

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन्। शुक्रबार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गर्न नसकेको भन्दै राजीनामा दिएसँगै ४२ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेल फेरि संकटमा परेका हुन् ।

सम्बन्धित सामग्री

अविश्वासको प्रस्ताव फेस गर्न डराए लुम्बिनीका मुख्यमन्त्री पोखरेल

यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विगत ४ महिना देखि अल्पमतमा रहेर सरकारको नेतृत्व गदै गर्दा अन्ततह बुधवार पदबाट राजीनामा दिनु बाध्य हुनु भयो । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजिनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।मुख्यमन्त्री पोखरेलले बुधवार दिउसो १ वजे र १५ मिनेट जादाँ राजीनामा दिनुभएको प्रदेश प्रमुखको कार्यालयले […]

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

बुटवल।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्।प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुन केही समय बाँकी रहँदा पोखरेलले राजीनामा दिएका हुन्।प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन्।विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन्।पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक र बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

सर्वोच्चको आदेश कुर्दै मुख्यमन्त्री पोखरेल

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले तत्काल पदबाट राजीनामा नदिने भएका छन् । बुधबार मुख्यमन्त्री निवासमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म राजीनामा नदिने निर्णय गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

राजीनामा गर्ने तयारीमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल

बुटबल। प्रदेशसभामा अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन्। लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेका हुन्।मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका छ। विपक्षी गठबन्धनमा बहुमत देखिएपछि पोखरेलले राजीनामा गर्न लागेको स्रोतले जनाएको छ। पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले बोलाए मन्त्रिपरिषद र संसदीय दलको बैठक

विपक्षी गठबन्धनका पक्षमा बहुमत ४१ सांसद देखिएकोले मुख्यमन्त्री पोखरेल राजीनामा दिने तयारीमा देखिएका छन्।

लुम्बिनीका मुख्यमन्त्री पाेखरेलमाथि कारबाहीकाे माग

काठमाडौं : सांसदको अपहरण तथा बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि कारबाही गर्नुपर्ने माग उठेको छ।राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री पोखरेलमाथि कारबाहीको माग उठेको हो। राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारबाहीको माग गरेकी हुन्।उनले भनिन्, ‘माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्र

मुख्यमन्त्री पोखरेलले विश्वासकाे मत लिने

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विश्वासको मत लिन तयार हुनुभएको छ । जनता समाजवादी पार्टीको विवाद निर्वाचन आयोगले टुङ्गो लगाएपछि मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार देखिनुभएको हो । ‘केही दिनभित्रै प्रदेश सरकारले विश्वासको मत लिन्छ’, सरकारका प्रवक्ता बैजनाथ चौधरीले भन्नुभयो ।प्रदेश सरकारले आज मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चौधरीले भन्नुभयो, ‘प्रदेश सरकारले छिट्टै विश्वासको मत लिन्छ । त्यसको तयारी पनि सुरु भइसकेको छ । विश्वासको मत पाए सरकार चलाउँछौँ, नपा...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं : विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेको हो।स्वेच्छाचारी ढंगले सरकार संचालन नगरि मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन गठबन्धनले माग गरेको हो। निरन्तर वैधानिकतामाथि प्रश्न उठाउँदै आएको गठबन्धन दलले सरकारले संसद छलेर अध्यादेशबाट बजेट जारी गरेपछि मुख्यमन्त्रीको राजीनामा माग गरेको हो।मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेपछि हठात् रुपमा प्रदेशसभा अधिवेशन अन्

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिए। मुख्यमन्त्री पोखरेल बिरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज संसदमा यसको कारवाही सुरु हुँदै थियो।

'वाम गठबन्धनका लागि सक्दो कोसिस गरियो, तर माओवादीका साथीहरू आजै बाहिरिनुभो'

काठमाडाैं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वाम गठबन्धनमा नेकपा माओवादी केन्द्रले समस्या पारेको उल्लेख गरेका छन।आज सामाजिक सञ्जालमा उनले लेखेका छन्– वाम गठबन्धन कायम राख्ने अधिकतम् कोसिस गरियो। तर माओवादी केन्द्रको निर्देशनअनुसार साथीहरु आजै बाहिरिनु भोआफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन्। अविश्वास प्रस्तावबाट असुरक्षित देखिएका मुख्यमन्त्री पोखरेल यससँगै सु