काठमाण्डाै - सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।
सङ्घका अनुसार काठमाण्डाैदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश रुपैयाँ कायम भएको छ । काठमाण्डाैदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० रुपैयाँ कायम भएको छ ।
काठमाण्डाैबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा छ सय ८५ भाडा घटेर अध...