काठमाडौं : सरकारले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई भाडासमेत बढेको छ। नेपाल वायु सेवा सञ्चालक संघले पर्सि बिहानैदेखि लागू हुने गरी भाडा वृद्धि गरेको संघका प्रवक्ता योगराज कडेल शर्माले जानकारी दिए।उनका अनुसार संघले आन्तरिक हवाई उडानको इन्धन चार्ज कम्तीमा १७० देखि बढीमा ८४० रूपैयाँ वृद्धि गरिएको छ। बढेको मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रूपैयाँले हवाई भाडा वृद्धि भएको छ भने सो रुटमा हवाई सेवा लिन अधिकतम १६ हजार ८०५ रूपैयाँ तिर्नुपर्नेछ। सब