बंगलादेशको संसदीय निर्वाचन : प्रधानमन्त्री हसीनाको पार्टीले जित्यो २९८ मध्ये २२२ सिट

ढाका (बंगलादेश) । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगले २२२ स्थानमा जित हासिल गरेको छ ।  त्यहाँको समाचार संस्था ‘द डेली स्टार’का अनुसार ३०० सिट रहेको बंगलादेशको संसदमा २९८ को नतिजा आउँदा ६२ स्थानमा स्वतन्त्र उम्मेदवारहरू विजयी भएका छन् । यस्तै, ११ स्थानमा जनता पार्टी र १–१ स्थानमा जातीय समाजतान्त्रिक दल, बंगलादेश वकर्स पार्टी र बंगलादेश कल्याण पार्टीका उम्मेदवारले हासिल गरेका छन् ।  बाँकी २ सिटमध्ये एक निर्वाचन क्षेत्रको नतिजा पछि सार्वजनिक गरिने र एक क्षेत्रको उम्मेदवारको मृत्यु भएको निर्वाचन स्थगित गरिएको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवलले जानकारी दिए । उनका अनुसार नौगाउ–२ क्षेत्रको उम्मेदवारको मृत्यु भएपछि मतदात स्थगित भएको छ । यस्तै, मयमनसिंह–३ क्षेत्रको एक केन्द्रमा मतदान रोकिएकाले यसको नतिजा पछि सार्वजनिक गरिने उनले बताए ।  राजधानी ढाकामा सोमवार आयोजित पत्रकार सम्मेलनमा मुख्य निर्वाचन आयुक्त अवलले निर्वाचनमा ४१.८ प्रतिशत मतदान भएको जानकारी दिए । आइतवार सम्पन्न निर्वाचन मुख्य विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहिष्कार गरेको थियो । उसले चुनावलाई ‘धोका’ भन्दै आएको छ । मुख्य विपक्षीको बहिष्कारका कारण मतदानमा कम सहभागिता देखिएको बताइएको छ । स्वतन्त्र र निष्पक्षरूपमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने उदाहरण प्रस्तुत : प्रधानमन्त्री प्रधानमन्त्री तथा बंगलादेश अवामी लिगकी अध्यक्ष हसीनाले हिजो भएको आम निर्वाचनमार्फत बंगलादेशले स्वतन्त्र र निष्पक्षरूपमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने उदाहरण प्रस्तुत गरेको बताएकी छन् ।  ‘हाम्रो देशमा जनताले कसरी भोट दिन्छन्, त्यो तपाईंहरू आएर देख्नुभएको छ । हामीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र तटस्थ हुनसक्ने उदाहरण बसाएका छौं,’ राजधानी ढाकास्थित गोनो भवन कम्प्लेक्समा स्वदेशी तथा विदेशी पत्रकार तथा निर्वाचन पर्यवेक्षकसँग विचार आदानप्रदान गर्दै उनले भनिन् ।  उनले यस निर्वाचनमा जनताले आफ्नो पार्टीलाई भोट दिएर चुनेको बताइन् । साथै धेरै स्वतन्त्र उम्मेदवार र अन्य दलका केही दावेदार पनि निर्वाचित भएको उनले बताइन् । एजेन्सीको सहयोगमा  

सम्बन्धित सामग्री

कम्बोडियामा संसदीय चुनावको मतदान जारी

एजेन्सी । कम्बोडियामा संसदीय निर्वाचन अन्तर्गत आइतबार मतदान भईरहेको छ । कम्बोडियाको १ सय २५ सदस्यीय संसदका लागि आइतबार मतदान भईरहेको हो । यो चुनावबाट पनि ३८ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री हुन सेनको पिपुल्स पार्टीले नै चुनाव जित्ने निश्चित रहेको छ । कम्बोडियाको प्रमुख विपक्षी क्याण्डललाईट पार्टीलाई पनि गत मे महिनामा सरकारले चुनावका लागि […]

आरजुले छाडेको चुनावी मैदानमा त्रिपक्षीय रोचक भिडन्त

धनगढी : कैलाली निर्वाचन क्षेत्र ५ संसदीय निर्वाचन घोषणासँगै चर्चामा आएको क्षेत्र हो। निर्वाचन घोषणापछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले आफू यही क्षेत्रबाट चुनाव लड्ने बताएकी थिइन्।प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उनको नाम एकल सिफारिश भएको पनि थियो तर उनले पछि एकाएक स्वास्थ्य समस्याको कारण देखाउँदै प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिन्।‘ढाडको समस्याले चिकित्सकले मलाई बेड रेस्ट गर्न सुझाव दिनु भएकाले कैलाली

सरकारलाई निर्वाचन आयोगले दियो सात बुँदे निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले सरकारलाई सात बुँदे निर्देशन दिएको छ। ४ मंसिरमा हुने संसदीय निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न-गराउन आयोगले संघ, प्रदेश र स्थानीय सरकार तथा मातहतका निकायलाई निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको हा। आयोगले निर्वाचनमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र […]

पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचन सम्म रहन्छ : माधव नेपाल

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचन सम्म रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न डोटी पुगेका नेपालले सिलगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्म रहने बताएका हुन् । उनले अहिले गठबन्धनको […]

संसदीय निर्वाचन मंसिर २ मा गर्न आयोगको प्रस्ताव

काठमाडौँ- निर्वाचन आयोगले आउँदो मंसिर २ गते शुक्रबार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोग स्रोतले जानकारी दिएको हो । आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचन मिति घोषणा गर्ने स्रोतले […]

अस्ट्रेलियामा मे २१ मा संसदीय निर्वाचन हुने

अस्ट्रेलियामा अर्को महिना मे २१ मा केन्द्रीय संसदीय निर्वाचन हुने भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले आइतबार बिहान निर्वाचन मिति घोषणा गरेका हुन् । अस्ट्रेलियामा हरेक ३ वर्षमा केन्द्रीय निर्वाचन हुने गरेको छ । तल्लो सदनका १ सय ५१ सिटका लागि हुने निर्वाचनमा बहुमतको सरकार निर्माणका लागि ७६ सिट ल्याउनुपर्ने हुन्छ । त्यसैगरी माथिल्लो सदनमा सिनेटमा रहेको ७६ सिटमध्ये बहुमत ल्याउनका लागि ४० सिट ल्याउनुपर्ने हुन्छ ।

आइसल्याण्डमा अक्टोबरमा संसदीय निर्वाचन हुने :: Pahilopost.com

ओस्लोः आइसल्याण्डमा आगामी अक्टोबर २८ मा संसदीय निर्वाचन हुने भएको छ। आइसल्याण्डका राष्ट्रपति गुडनी जोहान्नेसनले संसदीय निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार गरेका हुन्। पछिल्ला केही दिनहरूमा राष्ट्रपतिले प्रधानमन्त्री बजर्नी बेनेडिक्टसनसँग निर्वाचनका बारेमा छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले अल्पमतको सरकार बनाउने चाहना व्यक्त गरेका थिए भने उनले त्यसलाई सम्भावना