धनगढी : कैलाली निर्वाचन क्षेत्र ५ संसदीय निर्वाचन घोषणासँगै चर्चामा आएको क्षेत्र हो। निर्वाचन घोषणापछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले आफू यही क्षेत्रबाट चुनाव लड्ने बताएकी थिइन्।प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उनको नाम एकल सिफारिश भएको पनि थियो तर उनले पछि एकाएक स्वास्थ्य समस्याको कारण देखाउँदै प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिन्।‘ढाडको समस्याले चिकित्सकले मलाई बेड रेस्ट गर्न सुझाव दिनु भएकाले कैलाली