हरिप्रसाद भुसाल अर्घाखाँची प्रहरीले ९ वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । अनुमति विना नै रुख काटेको मुद्दामा २०६९ मा जिल्ला अदालत अर्घाखाँचीबाट ४२ हजार ५ सय ९२ रुपैयाँ जरिवाना फैसला भए पनि फरार रहेका शितगंगा नगरपालिका-११ सिद्धाराका बखानसिंह आले पक्राउ परेका हुन् । पक्राउ परेका आलेसँग जरिवाना असुल समेत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमर थापाले जानकारी दिए ।