कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले रातोपाटीको समाचारलाई उजुरी मानी छानबिन गर्दा कैफियत पाइएपछि उच्च अदालतको न्यायाधीशलाई बर्खास्त गरेको बताएका छन् । शुक्रबार रातोपाटीसँग संक्षिप्त कुराकानी कानुनमन्त्री कोइरालाले रातोपाटीको समाचारका आधारमा छानबिन गर्दा कैफियत पाइएपछि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरिएको बताए । उनलाई न्यायपरिषद् बैठकले शुक्रबार बर्खास्त गरेको हो ।कानुनमन्त्री कोइरालाले भने, ‘रातोपाटीमा न्यायाधीश