प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।बर्खास्तीमा पर्नेहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् । उनीहरुले सम्हालेको मन्त्रालय स्वयं प्रधानमन्त्रीले सम्हाल्ने भएका छन् ।त्यस्तै कानुनमन्त्री गोबिन्द बन्दीको ६ महिना कार्यकाल सकिएकोले उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मे संचार मन्त्री ज्ञानेन्द्र कार्कील सम्हाल्ने भएका छन् । सांसद नभएपनि ६ महिना मन्त्री हुन् पाउने ब्यबस्था अनुसार बन्दीले कानुन मन्त्रालय सम्हालेका थिए ।