कर्णाली प्रदेश सरकारले चार वर्षको अवधिमा उच्च प्रविधियुक्त (हाइटेक) नर्सरी कार्यक्रमका लागि ३२ करोड ८६ लाख रुपैयाँ विनियोजन गर्यो । तर, कुल खर्च भने १० करोड मात्र हुन सकेको छ । एकातिर वन र कृषि क्षेत्रको विकासका साथै रोजगार सिर्जनाका लागि विनियोजित बजेट फ्रिज हुन पुगेको छ भने अर्कोतिर खर्च भएको रकम पनि दुरुपयोग भएको छ ।