आदिमकालदेखि अहिलेसम्म नारी सौन्दर्यको वर्णनमा रत्तिभर कमी आएको छैन । नारी सौन्दर्यका लागि शृङ्गार (मेकअप)को विशेष भूमिका हुन्छ । शृङ्गारले नारीमा आत्मविश्वास पनि बढाउँछ । फेरि शृङ्गारका लागि समयअनुसारको सौन्दर्यकला जान्नुपर्छ । नारी जीवनमा सौन्दर्यकलालाई महìवपूर्ण विद्याको रूपमा लिइन्छ । पछिल्ला दिनमा त ब्युटिपार्लर जाने र मेकअप कलाकारबाट शृङ्गार गराउने चलन बढ्दो छ ।
मेकअप कलाकार बन्न भने त्यति सजिलो छैन । काम हेर्दा सजिलो देखिए पनि प्रक्रिया पु¥याएर ग्राहकको रोजाइको शृङ्गार तथा सौन्दर्य उपचार गर्नु चुनौतीपूर्ण काम हो । जसका लागि आवश्यक सीप चाहिन्छ । सीपका लागि तालिम तथा प्रशिक्षण लिनुपर्छ । तालिम तथा प्रशिक्षण लिएपछि यसको औपचारिक परीक्षण हुन्छ । परीक्षणमा उत्तीर्ण भएर प्रमाणपत्र लिएपछि यो व्यवसाय सुरु गर्न सकिन्छ ।