सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक माघ २७ गते बस्ने भएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार कोभिड–१९ महामारीका कारण माघ ८ गते तय भएको बैठक सरेको हो । महामारी मत्थर भएपछि मात्र बैठक बस्नेगरी माघ २७ गतेका लागि बोलाइएको उहाँको भनाइ छ।