माओवादी केन्द्रीय समितिको बैठक स्थगित

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को माघ २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै माओवादीले केन्द्रीय समिति बैठक स्थगित गरेको हो। पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सरकारले फागुन १ गतेसम्म २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएकाले बैठक स्थगित भएको हो।