सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमितिको बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजे सरेको केन्द्रीय कार्यालयले जनाएको छ ।
माओवादीको पदाधिकारी एवम् कार्य समितिलाई पूर्णता दिइने, कार्यविभाजन, भावी कार्ययोजना लगायत संसदबाट अनुमोदन भइसकेको अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि थप छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताउनुभयो ।