कास्की – गण्डकी प्रदेशमा स्वास्थ्यसम्बन्धी तालिमलाई व्यवस्थित गर्न पहिलोपटक ‘स्वास्थ्य तालिम रणनीति’ बनाइएको छ। सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य तालिम केन्द्रले विसं २०८०–२०८७ सम्मका लागि बनाएको उक्त रणनीति गत फागुन २३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भई लागू भएको छ। स्वास्थ्य जनशक्तिको कार्यदक्षता अभिवृद्धि, नयाँ कार्यक्रमबारे थप ज्ञान, सीप प्रदान गर्न योजनाबद्ध मार्गदर्शन प्रदान […]