गण्डकीमा अब महिलाको क्यान्सर उपचार प्रदेश सरकारले गरिदिने

गण्डकी प्रदेशका महिलाले अब क्यान्सरको उपचारमा सरकारी सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हस्ताक्षर गरेको पहिलो निर्णय नै महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क उपचार गर्ने थियो । त्यसपछिको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयलाई अनुमोदन गर्‍यो ।आर्थिक वर्ष सकिनै लाग्दासमेत सुरु नभएको उक्त कार्यक्रम बल्ल कार्यान्वयनमा आएको छ । प्रदेश