मस्को । वासिङटनले युक्रेनलाई अत्याधुनिक क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने बताएपछि रुसले अमेरिकाले नियतवश नै ‘आगोमा घ्यू थप्ने काम’ गरिरहेको आरोप लगाएको छ ।
रुसी सरकारी प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भनेका छन्, “यस्ता हातहतियार आपूर्तिले किभलाई शान्ति वार्ता पुनः थालनीका लागि प्रोत्साहित गर्दैन । वासिङटन रुसले अन्तिम युक्रेनी सैनिकसँग लडोस् भन्ने चाहेको...