अमेरिकाले रुसलाई युक्रेनसँग युद्ध गराउन खोजेको पुटिनको आरोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशलाई युक्रेनसँग युद्ध गराउनका लागि अमेरिकाले कोशिश गरिरहेको दाबी गरेका छन् ।  युक्रेन संकट शुरू भएपछि आएको पुटिनको उल्लेख्य टिप्पणीमा अमेरिकाले युद्धको बहाना बनाएर रुसमाथि थप प्रतिबन्ध लगाउन खोजेको बताए । युरोपमा नेटो गठबन्धनका बलहरूका सम्बन्धमा रुसले देखाएको चिन्तालाई अमेरिकाले बेवास्ता गरेको पनि उनले बताए ।  मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि पुटिनले यो टिप्पणी गरेका हुन् ।  युक्रेनलाई नेटोको सदस्य बन्न दिँदा नेटोका अन्य सदस्यहरू रु...