मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् । लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथीरले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसदको हालैको ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्साउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गरे ।एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षीय पूर्वप्रधानमन्त्रीले चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एक राष्ट्र दुई प्र