काठमाण्डाै - झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर–४ मा नेकपा एमालेका लालप्रसाद साँवा लिम्बू विजयी हुनुभएको छ ।
उहाँले २९ हजार ३१५ मत प्राप्त गर्नुभयो । लिम्बूका प्रतिस्पर्धी नेपाली कांग्रेसका देउकुमार थेवेले २२ हजार ४४८ मत ल्याउनुभयो ।
काठमाडौँ– झापा–४ बाट एमालेका लालप्रसाद –एलपी) साँवा लिम्बु विजयी भएका छन् । उनले कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
सावाँले २९ हजार ३ सय १५ मत ल्याउँदा थेवेले २२ हजार ४ सय ४८ मत मात्रै पाएका छन् । अघिल्लो निर्वाचनमा पनि यस क्षेत्रबाट सावाँ नै विजयी भएका थ...
झापा – झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा निर्वाचित भएका छन् । एमालेका प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका निवर्तमान सांसद साँवाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका देउमान थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका साँवाले २९ हजार ३ सय १५ […]
झापा – क्षेत्र नं ४ झापाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बनेको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन् । साँवाले विसं २०७४ […]
काठमाडौं, ८ मंसिर । झापा–४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का एल.पी. साँवा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६८६७ मतान्तरले पराजित गरेका हुन् । सावाँले २९३१५ मतल्याएका हुन् । कांग्रेसका थेवेले २२४४८ मत ल्याए ।
८ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए । थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए […]
८ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बिहीबार बिहान प्राप्त मत परिणाम अनुसार साँवाले ५ हजार ९८५ मतले अग्रता कायम गरेका छन् । उनले २६ हजार ७१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २० हजार ७२५ मत ल्याएका छन् […]
६ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल पछाडि परेका छन् । मतगणना सुरु भएदेखि अग्रता कायम गरिरहेका ढकाललाई उछिन्दै मंगलबार बिहान एमाले उम्मेदवार एलपी साँवा लिम्बु अगाडि आएका हुन् । ढकालले ४ हजार १७० मत ल्याउँदा साँवाले ४ हजार २०४ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार […]