मोरङबाट प्रदेशसभामा कांग्रेसका अमृत अर्याल निर्वाचित

८ मंसिर, मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्‍मेदवार अमृत कुमार अर्याल निर्वाचित भएका छन् । अर्यालले जनता समाजवादी पार्टी (जसपा)का जयराम यादवलाई ५ हजार २७७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । अर्यालले १६ हजार १०२ मत पाउँदा जसपाका यादवले १० हजार ८२५ मत ल्याए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

सम्बन्धित सामग्री

‘अरू शहरले हामीबाट सिकेका छन्’

१ जेठ २०७९ को निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित नागेश कोइराला डा. शेखर कोइराला प्यानलमा छन् । पार्टीभित्र मेयरको टिकटका लागि तीव्र प्रतिस्पर्धामा सभापति शेरबहादुर देउवा पक्षका अमृत अर्याल, नेता कृष्ण सिटौला पक्षका भीम पराजुलीलाई पछि पार्दै शेखर कोइरालाको जोडबलमा टिकट पाएका ४८ वर्षीय नागेश कोइराला धनाढ्य परिवारका सदस्य हुन् । चुनावी अभियानका क्रममा ५९ […]

प्रदेश १ : मुख्यमन्त्रीका दाबेदारमध्ये  तीन निर्वाचित, एक पराजित ?

प्रदेश १ मा मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभाको उम्मेदवार बन्नेहरु १० जना थिए । १० जनामध्ये १ जना काँग्रेसका गुरुराज घिमिरे पराजित भएका छन् भने नेकपा एमालेका जीवन घिमिरे मतगणनामा पछाडि परेका छन् । अन्य उम्मेदवारहरुमध्ये काँग्रेसबाट अमृत अर्याल पनि निर्वाचित भइसकेका छन् । यस्तै एमालेका घिमिरेसँग प्रतिस्पर्धा गरिरहेका काँग्रेसका भीम पराजुली मतगणनामा अगाडि छन् । यस्तै काँग्रेसकै नेता राजीव कोइराला पनि मत गणनामा सुनसरी २ (२) बाट अगाडि देखिएका छन् । मुख्यमन्त्रीकै दाबी गर्ने एमालेका हिक

मुख्यमन्त्रीका दावेदार कांग्रेसका अर्याल निर्वाचित

विराटनगर । कांग्रेसका मोरङ ५(२) का उमेदवार अमृत अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । कांग्रेसका केन्द्रीय सदस्य प्रदेश १ का मुख्यमन्त्रीका दावेदार समेत रहेका अर्यालले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गर्नुभयो । अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए […]

कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल मोरङबाट प्रदेश सभामा निर्वाचित

मोरङ ५ (ख) बाट कांग्रेस केन्द्रिय सदस्य अमृत अर्याल निर्वाचित भएका छन् ।  जनता समाजबादीका केन्द्रिय सदस्य तथा प्रदेश १ का स्वाथ्य मन्त्री जयराम यादवलाई ५ हजार २ सय ७८...

मोरङबाट प्रदेशसभामा कांग्रेसका अर्याल विजयी

७ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका अमृत अर्याल निर्वाचित भएका छन् । उनले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गरे । अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए । २०७४ सालको निर्वाचनमा यादव […]

माेरङ- ५ ‘ख’ मा कांग्रेसका अमृत अर्याल विजयी

माेरङ- मोरङ क्षेत्र नम्बर ५ प्रदेशसभा ‘ख’ मा गठबन्धनका उम्मेदवार अमृत अर्याल निर्वाचित भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्यालले १६ हजार १०२ मतसहित जित निकालेका हुन्। निर्वाचन अधिकृत गणेश नायकका अनुसार अर्यालका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार जयराम यादवले १० हजार ८२४ मत हासिल गरे। यादव प्रदेश सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन्। पराजित यादवले १० […]

कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ (खुला) मा अर्याल र कोइराला निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ (खुला) मा अमृत अर्याल र राजिव कोइराला निर्वाचित भएका छन् । आर्याल २३ सय ८९ र केसी २१ सय ५२ मत ल्याएर निर्वाचित भए ।  दुई...

प्रदेश १ खुलातर्फको केन्द्रीय सदस्यमा अर्याल र कोइराला निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा अमृत अर्याल र राजिव कोइराला निर्वाचित भएका छन्। प्रदेश १ (खुला)तर्फको केन्द्रीय सदस्य दुई पदमा शेरबहादुर देउवा टिमका अर्याल र शेखर कोइराला टिमका राजिव कोइराला निर्वाचित भएका हुन्। केन्द्रीय निर्वाचन समितिका अुनसार अर्याल २३८९ र कोइराला २१५१ मतसहित विजयी भएका छन्। प्रदेश १ (खुला)तर्फको…

प्रदेश १ खुलातर्फ राजीव कोइराला र अमृत अर्याल केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ खुलातर्फ राजीव कोइराला र अमृत अर्याल केन्द्रीय सदस्यमा विजयी भएका छन्। पार्टी कार्यालय सानेपामा सोमबार भएको मतगणनामा कोइराला र अर्याल निर्वाचित भएका हुन्। कोइराला शेखर कोइराला पक्षका हुन् भने अर्याल देउवा सुमूहका हुन्। सातै प्रदेशबाट एक महिलासहित तीन–तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।

जसपाबाट निर्वाचित वडाध्यक्ष काँग्रेसमा प्रवेश

विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। वडाध्यक्ष आलमसहित विराटनगर महानगरपालिका-१७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन्।शुक्रबार उनीहरुलाई काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका थिए ।कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो। पार्टी प्रवेशपछि कार्यक्रममा वडाध्यक्ष आलमले नेपाली काँग्रे