मुख्यमन्त्रीका दावेदार कांग्रेसका अर्याल निर्वाचित

विराटनगर । कांग्रेसका मोरङ ५(२) का उमेदवार अमृत अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । कांग्रेसका केन्द्रीय सदस्य प्रदेश १ का मुख्यमन्त्रीका दावेदार समेत रहेका अर्यालले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गर्नुभयो । अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए […]

सम्बन्धित सामग्री

महोत्तरी ४ मा कांग्रेसका महेन्द्र राय निर्वाचित

महोत्तरी ४ बाट नेपाली कांग्रेसका महेन्द्र कुमार राय निर्वाचित भएका छन् ।

मुगुबाट कांग्रेसका ऐनबहादुर शाही निर्वाचित

एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै कांग्रेसका शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

दाङ २ 'ख' मा कांग्रेसका प्रचण्ड निर्वाचित

दाङ २ 'ख' मा नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने निर्वाचित भएका छन् ।

बर्दिया २ 'क' मा कांग्रेसका तिमिल्सिना निर्वाचित

बर्दिया २ 'क' मा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना निर्वाचित भएका छन् ।

ललितपुरबाट प्रदेशसभामा कांग्रेसका मीनकृष्ण निर्वाचित

७ मङ्सिर, पाटन । ललितपर–१ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा (एमाले)का चेतनाथ सञ्जेललाई चार हजार दुई सय १४ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेसका उम्मेदवार महर्जन १३ हजार […]

ललितपुर–१ मा कांग्रेसका राणा निर्वाचित

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।  निर्वाचित अधिकृत बालकृष्ण निरौलाले राणा निर्वाचित भएको रातोपाटीलाई बताए ।राणाले २३ हजार ८९२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज सिलवालले १९ हजार २७८ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरेले ३ हजार २७७ मत ल्याए ।

रसुवामा कांग्रेसका आचार्य निर्वाचित

काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित हुनुभएको छ । आचार्य नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

कपिलवस्तुको महाराजगंजमा कांग्रेसका कलाम दोश्रो कार्यकालका लागि निर्वाचित

कपिलवस्तुको महराजगंज नगरपालिकामा कांग्रेसका अब्दुल कलाम दोश्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन्।...

बाँकेको डुडुवामा कांग्रेसका चौधरी र बानो निर्वाचित

बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरी र साहिदा बानो निर्वाचित भएका छन्। दुवै जना दोस्रो कार्यकालका लागि गाउँपालिकामा निर्वाचित भएका हुन्।...

दाङमा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित

दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।...