कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भने– “बिक्रेताले चर्को मूल्यमा बिक्री गरिरहेका छन्…