किलोको २२ रुपैयाँ पर्ने अनुदानको मल दोब्बरले महँगो !

पोखरा – स्थानीय मल व्यवस्थापन समितिले निर्धारण गरेको मूल्यअनुसार पोखरा महानगरपालिका–५ मा अनुदानको मल किसानलाई बढीमा २२ रुपैयाँ लिएर बिक्री गर्न पाइन्छ। अनुदानको मलमा झेल गर्दै झन्डै दोब्बर मूल्यमा बिक्री गरेको फेला परेको छ। पोखरा मालेपाटनमा सञ्चालित कोइराला कृषि सामाग्री भण्डारले प्रतिकिलो ४० रुपैयाँमा बिक्री गरेको फेला परेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। […]

सम्बन्धित सामग्री

चितवनमा जेठ दोस्रो सातादेखि मल वितरण गरिने

चितवन । कृषि सामग्री कम्पनी लिमिटेडले चितवनमा जेठको दोस्रो सातादेखि अनुदानको रासायनिक मल वितरण गर्ने तयारी गरेको छ । कम्पनीले हाल आयात भएकोे मल भण्डारण गर्दै लगिएकोे जानकारी दिएको छ ।  कम्पनीका चितवन शाखा प्रमुख राजन बगालेका अनुसार हाल ४०० टन डीएपी, ३०० सय टन युरिया मल भण्डारणमा छ । उनले भने, ‘अहिले आइरहेको मल स्टकमा राखेका छौं, धानको बीउ छर्ने बेलाका लागि मल सहज होला, रोपेपछि छर्ने मलको अभाव हुन सक्छ ।’ ठूलो परिमाणमा अनुदानको मल नआए विगतका वर्षमा जस्तै यो वर्ष पनि धानको सिजनमा मल अभाव हुने उनको भनाइ छ ।’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, चितवनका प्रमुख बुद्धिविनोद दाहालले आगामी सातादेखि मल वितरण गरिने बताए । ‘मल कति आउँछ भन्ने यकीन भएको छैन, तर अघिल्लो वर्षको भन्दा सहज हुन्छ,’ उनले भने । पछिल्लो समय किसानले पर्याप्त मात्रामा अनुदानको मल नपाउँदा महँगो मूल्यमा खरीद गर्न बाध्य भएका छन्, जसका कारण खेतीपातीमा किसानको लागत बढी परेको छ । अन्य समयभन्दा धानको सिजनमा मलको माग बढी हुन्छ ।  चितवनमा वार्षिक १५ हजार टन मल आवश्यक पर्छ । त्यसमध्ये कृषि सामग्री कम्पनीले करीब ३ हजार मेट्रिक टन र साल्ट ट्रेडिङले ९०० मेट्रिक टन मल विक्री गर्दै आएको छ । सरकारको स्वामित्वमा रहेका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानको मल सहकारी तथा एग्रोभेटहरूलाई वितरण गर्छन् । चितवनमा रहेका २४० विक्री केन्द्रमार्फत मल वितरण गरिँदै आएको छ ।

रासायनिक मल अभावको मौका छोप्दै कालोबजारी

रासायनिक मल अभावको मौका छोपेर गोरखामा ब्यापारीले किसान ठगेका छन्। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल जिल्लामा पठाउन नसकेको बेला केही ब्यापारीले महँगो पैसा लिएर किसानलाई मल बिक्री गरिरहेका छन्।...

रासायनिक मलको मूल्य बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ । कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत देशमा मलको मूल्य बढेपछि त्यसको असर नेपालमा समेत पर्ने भएको हो । यसअघि प्रतिमेट्रिकटन ३ सय १७ डलर पर्ने युरियामलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ । प्रतिमेट्रिकटन ४ सय २० डलर पर्ने डीएपी मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनकारी दिएको छ । साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले कोरोना महामारीका कारण मल उत्पादनका लागि उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको मूल्य बढेकाले उत्पादन लागत बढेको, मजदूर अभावका कारण कारखानाहरूको उत्पादन घटेको र जहाजमा समेत मजदूरहरूको अभाव भइरहेकाले मलको मूल्य बढेको हुनसक्ने बताए । विगत ५ महीनादेखि मलको मूल्य बढिरहेकाले सरकारले मल किन्नका लागि छुट्ट्याउँदै आएको बजेट अपुग हुने भएको छ । अनुदानको मल किन्न सरकारले चालू आर्थिक वर्षका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ भने आगामी आर्थिक वर्षका लागि पनि सोही परिमाणमा बजेट विनियोजन गर्ने सरकारको लक्ष्य रहेको छ । ‘नेपालमा करीब ७ लाख मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने भए पनि अहिलेको बजेटले ५ लाख मेट्रिकटन खरीद गर्न पुग्छ । बजेट थप नभएमा बढेको मूल्यअनुसार मल किन्दा अहिलेको बजेटले २ लाख ७५ हजार मेट्रिकटन मात्र किन्न पुग्ने छ,’ कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार सरकारले बजेट थप नगर्ने हो भने खरीद परिमाण घट्नुका साथै किसानले फेरि पनि मलको अभाव भोग्नुपर्ने अवस्था आउनेछ । त्यसैले सकेसम्म बजेट बढाउनुपर्ने उनको सुझाव छ । अन्तरराष्ट्रिय बजारमा मलको मूल्य बढेर अनुदानको मल खरीद गर्ने सरकारी कम्पनीहरूलाई महँगो पर्न गए पनि त्यसले किसानहरूलाई भने असर नपर्ने पोखरेलको भनाइ छ । सरकारले अनुदानका लागि खरीद गरेको भएकाले किसानलाई त्यसको भार नपर्ने उनले बताए । पर्याप्त मल मौज्दात सरकारी अनुदानको मल खरीद तथा विक्री वितरणको जिम्मा पाएका दुवै कम्पनीहरूले वर्षे बालीका लागि चाहिने मल पर्याप्त मात्रामा रहेको छ । अहिले साल्ट ट्रेडिङसँग १८ हजार ४ सय मेट्रिकटन डीएपी, २१ हजार मेट्रिकटन युरिया र ४ हजार १ सय मेट्रिकटन पोटास मौज्दात रहेको छ । २ चरणमा गरी करीब ७५ हजार मेट्रिकटन युरिया मल खरीद सम्झौता भएर कोलकाता आउने क्रममा छ भने २५ हजार मेट्रिकटन डीएपीको पनि ठेक्का सम्झौता भइसकेको छ । कृषि सामग्री कम्पनीसँग पनि १८ हजार ४ सय मेट्रिकटन युरिया, ४५ हजार २ सय मेट्रिकटन डीएपी र ४५ सय मेट्रिकटन पोटास मौज्दात छ । हाल कृषि सामग्रीले दैनिक १२ सय मेट्रिकटनका दरले अन्य विभिन्न स्थानहरूबाट किसानहरूलाई मल वितरण गरिरहेको छ ।

कृषि बिज भण्डारको गोदाम सिल

नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महँगो मूल्यमा बिचौलियालाई बेच्ने गरेको पाइएपछि इलाममा रहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । वास्तविक किसानले अनुदानको मल नपाइरहँदा सहकारीले बिचौलियालाई बेच्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले गोदाममा सिल गरेको हो । किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले बुधबार अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि बिज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो ।