भुक्तानी लिन सडक कार्यालयमा भीड

आर्थिक वर्षको अन्त्यमा हरेक वर्ष डिभिजन सडक कार्यालय चरिकोट भीडभाड हुन्थ्यो, कर्मचारीलाई रातदिन भ्याइ नभ्याई हुन्थ्यो । तर यसपालि त्यस्तो छैन, सुनसान छ । डिभिजन प्रमुख पनि आजभोलि आफ्नो कार्यालयभन्दा पनि विभाग र मन्त्रालयमै धाउँदै ठिक्क छ ।

सम्बन्धित सामग्री

सडक पूर्वधार विकास कार्यालय बर्दियामा तालाबन्दी

काम सम्पन्न गरेर भ्याट बिल पेस गरे पनि भुक्तानी नपाएको भन्दै बर्दियाका निर्माण व्यवसायीले बुधबार सडक पूर्वधार विकास कार्यालयमा तालाबन्दी गरेका छन् ।

बजेट अभावमा महानगरको मुख्य बजार क्षेत्रमा निर्माणाधिन छ लेन सडक अलपत्र

चितवन । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको थियो । भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा नै सडक भत्काएर अलपत्र अवस्थामा रोकिएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. रमेश पौडेलका अनुसार हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको छ । सडकको धेरै काम कालोपत्र (अस्फाल्ट)को छ । पूरै सडक कालोपत्र अन्तिम रुप दिन बाँकी छ । सडक सम्पन्न गर्न थप रु ४५ करोड हाराहारी खर्च हुने भन्दै सडक विभागमा बजेट माग गरिएको उनले जानकारी दिए । उनको भनाइमा फुटपाथ, बिबिएम, सर्भिस लेनजस्ता कामका लागि रु १५ करोड हाराहारी खर्च हुनेछ भने बाँकी कालोपत्रको काम हुनेछ । यस आर्थिक वर्षमा रु ५ करोड बजेट निकासा भएकामा दसैँअघि त्यस बराबरको बिल भुक्तानी भइसकेको छ । बजेट अभावमा काम रोकिएको उनले जानकारी दिए । निरन्तररुपमा बजेट निकासाका लागि पत्र पठाएसँगै विभागमा आग्रह गरिएको उनले बताए । यस सडक निर्माणका लागि पहल गर्दै आएको भरतपुर महानगरपालिकाले पनि बजेट निकासा गरेर तयारीमा जुटेको भ्रमण वर्ष २०२४ सफल पार्न सहयोग पु्र्‍याउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले सडक विभागका महानिर्देशक, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयका सचिवलाई पटकपटक आग्रह गरिएको बताइन् ।  उनका अनुसार सडक विभागबाट थप बजेट माग भई मन्त्रालय पठाउने तयारी भइरहेको छ । दाहालले भनिन्, “मलाई विश्वास छ, बजेट निकासा भएर काम छिटै सम्पन्न हुन्छ ।” सडक निर्माण सम्पन्न गर्नुपर्ने समय थप गरिएको मिति यसै महिना सकिँदै छ । निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका प्रमुख सहदेव खड्काले सरकारले बजेट दिए तीन महिनाभित्र सबै कामसक्ने दाबी गरे । उनले सरकारले बजेट पर्याप्त नदिएकै कारणले द्रुतगतिमा काम गर्न नसकिएकाले ठेक्काको म्याद थपका लागि प्रक्रियासमेत अगाडि बढाएको बताए । कालोपत्रको काम धेरै भएकाले बजेट निकासा भएमा काम गर्न धेरै समय नलाग्ने उनको भनाइ छ । रु एक अर्ब २३ करोडको कूल लागतमा विस्तार गर्न लागिएको सडकको हालसम्म निर्माण कम्पनीले झण्डै रु ८० करोड रकम भुक्तानी लिइसकेको छ । समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रमा व्यवसायी मर्कामा परेका छन् । उद्योग वाणिज्य सङ्घ चितवनले सडक विस्तारले व्यवसाय प्रभावित भएको भन्दै डिभिजन सडक कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालयमा दबाब दिँदै आएका छन् । सडकको काम रोकिँदा यात्रु र स्थानीयले पनि सास्ती भोगेका छन् । स्थानीय र सडक हुँदै यात्रा गर्नेले धुलोको समस्या व्यहोर्नु परेको छ । रासस

कार्यालयसंग पैसा नभएपछि व्यवसायीले सडक निर्माणको काम रोके

गोरखाका पाँचवटा महत्वपूर्ण सडक निर्माणको काम रोकिएको छ। पूर्वाधार बिकास कार्यालयमा निर्माण व्यवसायीलाई भुक्तानी दिने बजेट नभएपछि व्यवसायीले काम रोकेका हुन्।...

१४ सय सडकमा ठेक्का न भुक्तानी

काठमाडौं । अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा १४ सय सडक आयोजना कार्यान्वयन स्थगन गर्न उल्लेख गरिएसँगै नयाँ ठेक्का लाग्न सकेको छैन । ठेक्का भएका आयोजनाको पनि भुक्तानी हुन नसकेपछि अन्योल बढेको छ । भुक्तानी दिन नसकिएकै कारण कर्मचारीहरू कार्यालय जान पनि डराउन थालेको सडक विभागको भनाइ छ । भुक्तानी नपाएपछि आयोजना सम्बद्ध व्यक्तिले कार्यालयमा तालाबन्दी र कर्मचारीमाथि […]

ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन । गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नं १ बाट छनोट भएका थिए । प्रति व्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए ।उनले आफुहरुलाई ५० दिनस

अख्तियारमा पालिकाका उजुरीका चाङ

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–४ मा सडक कालोपत्रको योजनामा निर्माण सम्पन्न नहुँदै भुक्तानी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ । तीनवटा सडकको निर्माण नसकिँदै भुक्तानी भएको उजुरीमा उल्लेख छ । उक्त वडामा गत आर्थिक वर्षमा तीनवटा सडक निर्माणका योजना थिए ।

भुक्तानी नपाएपछि धर्ना

राजविराज नगरपालिकामा विभिन्न निर्माण काम गरेबापतको रकम भुक्तानी नपाएपछि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीले नपा कार्यालयमा तालाबन्दी गरेर धर्ना दिएका छन् । नगरपालिका मार्फत भएका सडक, नाला, प्रवेशद्वार, सामुदायिक भवन निर्माणलगायत विभिन्न योजनाको भुक्तानी नपाएपछि उपभोक्ता समितिका पदाधिकारी तथा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रेका हुन् ।

‘भुक्तानी नपाएका’ ठेकेदारले कार्यालयमा ताला लगाए

निर्माण सम्पन्न भएका योजनाको रकम समयमा भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले डिभिजन सडक कार्यालय काठमाडौं–१ को कार्यालयमा ताल्चा लगाएका छन् । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा आवद्ध व्यवसायीले आर्थिक वर्ष ०७३-७४ सम्म निर्माण सम्पन्न गरेका योजनाको रकम भुक्तानी नगरेको भन्दै कार्यालयमा ताल्चा लगाएका हुन् ।

भुक्तानी नपाएको भन्दै ठेकेदारले लगाए सडक कार्यालयमा ताल्चा

निर्माण सम्पन्न भएका योजनाको रकम समयमा भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले डिभिजन सडक कार्यालय काठमाडौं – १ को कार्यालयमा ताल्चा लगाएका छन्। काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले आर्थिक वर्ष २०७३–७४ सम्म निर्माण सम्पन्न गरेका योजनाको रकम भुक्तानी नगरेको भन्दै बुधबार कार्यालयमा ताल्चा लगाएका हुन्।

पोखरामा १६ करोड विद्युत महसुल उठ्न बाँकी

नेपाल विद्युत् प्राधिकरण पोखरा र लेखनाथ वितरण केन्द्रको विद्युत् बक्यौता १६ करोड दुई हजार पुगेको छ । सबैभन्दा बढी बक्यौता सडक बत्तीको रहेको छ । सडक बत्तीको बक्यौता भुक्तानी गर्न पोखरा–लेखनाथ महानगरपालिकालाई ताकेता गरिएको कार्यालयका सूचना अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। विद्युत् महशुल उठाउन बाँकी रहेकामध्ये अन्य कार्यालयमा महानगरपालिका कार्यालयको एक लाख ९६ हजार, कृषिसँग…