‘भुक्तानी नपाएका’ ठेकेदारले कार्यालयमा ताला लगाए

निर्माण सम्पन्न भएका योजनाको रकम समयमा भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले डिभिजन सडक कार्यालय काठमाडौं–१ को कार्यालयमा ताल्चा लगाएका छन् । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा आवद्ध व्यवसायीले आर्थिक वर्ष ०७३-७४ सम्म निर्माण सम्पन्न गरेका योजनाको रकम भुक्तानी नगरेको भन्दै कार्यालयमा ताल्चा लगाएका हुन् ।

सम्बन्धित सामग्री

खानेपानीमा ताला लगाउने चेतावनी

पाटनस्थित नयाँ सहरमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भइसक्दा पनि भुक्तानी नपाएपछि ठेकेदारले खानेपानी आयोजनाको कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन्। धारामा पानी आए पनि रकम भुक्तानी नहुँदा नयाँ सहरको खानेपानी योजनाको उद्घाटनसमेत हुन सकेको छैन। दुई वर्ष लगातार उधारोमा काम गरेर धारामा पानी ल्याए पनि ६८ लाख रुपियाँ भुक्तानी नपाएको ठेकेदार दानसिंह रावलले गुनासो गर्नुभयो।