क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्याउँछु।’उनले आफूल