कालिकोट : कर्णाली प्रदेश सरकारका एक मन्त्रीमाथि बलात्कार आरोप लागेको छ। प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कूर्मराज शाहीमाथि तत्कालीन स्वकीय सचिवकी पत्नीलाई यौन दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको छ।प्रहरीको सम्पर्कमा पुगेका पीडितहरूले उक्त भिडियो ०७६ माघतिरको भएको बताएका छन्। त्यसबेला शाही प्रदेश सांसद थिए। प्रहरीमा यो घटना ढिलो गरी पुग्नुमा पीडितहरूले तत्कालीन सांसद एवम् अहिलेका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको बताइएको छ। कानुन व्यवसा