सर्लाहीबाट पनि दिन थालियो ई-पासपोर्ट

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ। राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको ई–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार तीन सेवाग्राहीलाई ई–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो।  ई–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा…

सम्बन्धित सामग्री

आईतबार पनि अब ई-पासपोर्ट पाइने

अब आईतबार पनि ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी पाइने भएको छ । राहदानी विभागले बिहीबार एक सूचना सार्वजनिक गर्दै सार्वजनिक विदाको दिन आईतबार समेत पासपोर्ट उपलब्ध गराउने जानकारी दिएको हो ।  सरकारले केही समय अगाडि शनिबार बाहेक आईतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर सेवाग्राहीको चापलाई मध्यनजर गर्दै जेठ १५ गतेदेखि राहदानी सेवा उपलब्ध गराउने भएको हो...

तनहुँमा ई-पासपोर्ट वितरण सुरु

९ फागुन, तनहुँ । जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण थालिएको छ । जिल्लाबाट ई-पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य भएको छ । प्रशासनले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । उनका अनुसार […]

सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु

सिन्धुपाल्चोक । राहदानी विभागले पुरानो पासपोर्ट (राहदानी) लाई विस्थापित गर्दे ई–पासपोर्ट विद्युतीय राहदानी सेवाग्राहीहरुलाई दिने योजना अनुसार सिन्धुपाल्चोकबाट पनि यो सेवा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्टका लागि आवेदन दिएकाहरुलाई औपचारिक रुपमा नै इ–पासपोर्ट दिन सुरु गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले भक्तपुरकी सीता रघुलाई इ–पासपोर्ट दिँदै सिन्धुपाल्चोकबाट यो सेवाको […]

मलेसियास्थित नेपाली राजदूतावासबाट ई-पासपोर्ट दिन थालियो

काठमाडौं :  मलेसियास्थित नेपाली राजदूतावासबाट विद्युतीय राहदानी (ई-पासपोर्ट)को लाइभ इनरोलमेन्ट सुरू गरिएको छ। श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी सेवा सुरु गरिएको हो।बुधबार राहदानी प्रिन्ट समेत परीक्षण गरेर राहदानी वितरण सुरु गरिएको राहदानी विभागले जनाएको छ। मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध छन्। वैदेशिक रोजगारीमा रहेकाको सहजताका लागि उक्त सेवा सुरु गरिएको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए।दूतावासले पहिलो दिनमै

ई-पासपोर्ट बारे थाहा पाउनै पर्ने १२ कुरा

गत मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरेको थियो । राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३० भन्दा बढी जिल्लाबाट वितरण गर्न थालिएको छ । कतार स्थित नेपाली दुताबासबाट समेत ई-पासपोर्ट वितरण गर्न थालिएको छ । ई-पासपोर्ट वितरण शुरू भएसँगै एमआरपी पासपोर्ट वितरण बन्द भइसकेको छ । ई-पासपोर्टका लागि सेवाग्राहीले अनलाइनबाटै आवेदन...

कुन कुन जिल्लाबाट लिन सकिन्छ ई-पासपोर्ट ?

मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरेको थियो । राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३० भन्दा बढी जिल्लाबाट वितरण गर्न थालिएको छ ।  राहदानी विभागका अनुसार हालसम्म झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन,...

२८ मंसिरदेखि ई-पासपोर्ट अनिवार्य, एमआरपी बन्द गर्दै विभाग

काठमाडौं : राहदानी विभागले २८ मंसिरबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द गरी ई-पासपोर्ट अनिवार्य गर्ने भएको छ। विभागको कार्यालय नारायणहिटीबाट वितरण गरिरहेको एम आरपी टोकन १५ मंसिरबाट बन्द  गरेको राहदानी विभागले जनाएको छ। विभागले १ मंसिरबाट औपचारिक रूपमा ई-पासपोर्ट वितरण थालेको थियो। ई-पासपोर्ट जारी गरे पनि विभागले एमआरपी बन्द गरेको थिएन। एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गरिहेको थियो

ई–पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र यसरी बनाउनुहोस्

काठमाण्डौ – तपाईँ ई पासपोर्ट अर्थात् विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ र राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा नै निवेदन दिन सकिन्छ । पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालय जाँदा राष्ट्रिय परिचयपत्रका लागि पनि निवेदन दिन सकिन्छ । निवेदन दिएपछि राष्ट्रिय परिचय पत्र नम्बर तत्काल पाइन्छ । राष्ट्रिय परिचयपत्रको कार्ड बन्न समय लागे पनि नम्बर भने जिल्ला प्रशासन कार्यालयबाट निवेदन...

प्रचलनमा आयो ई–पासपोर्ट, कति तोकियो शुल्क ?

१ मंसिर, काठमाडौं । सरकारले बुधबारबाट नेपालमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण शुरु गरेको छ । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई–पासपोर्टको लागि औंठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि सरकारले ई-पासपोर्ट वितरण थालेको हो । संस्कृतिविद् तथा शताब्दीपुरुष […]