काठमाडौं : मलेसियास्थित नेपाली राजदूतावासबाट विद्युतीय राहदानी (ई-पासपोर्ट)को लाइभ इनरोलमेन्ट सुरू गरिएको छ। श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी सेवा सुरु गरिएको हो।बुधबार राहदानी प्रिन्ट समेत परीक्षण गरेर राहदानी वितरण सुरु गरिएको राहदानी विभागले जनाएको छ। मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध छन्। वैदेशिक रोजगारीमा रहेकाको सहजताका लागि उक्त सेवा सुरु गरिएको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए।दूतावासले पहिलो दिनमै