स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गरेको छ । टोलीले विभिन्न पसलबाट झण्डै डेढ लाख मूल्य बराबरको म्याद नाघेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा बजार अनुगमन गरिएको हो । टोलीले राजविराज नगरपालिका–७ स्थित आरयुपी जनरल स्टोरलाई रु १० हजार जरिवाना गरेको कार्यालय प्रमुख सुरेशकुमार सिंहल