लुम्बिनी– रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ ले इन्फ्रारेड कुकर (विद्युतीय स्टोभ) चुल्हो वितरण गरेको छ । वडावासीलाई वितरण गरिएको सो कुकर चुल्हो कम एम्पिएरको लाइन, लो भोल्टेज र पटक–पटक बिजुली गइरहने समस्याले प्रयोगमा कठिनाइ देखिएको छ । विद्युत्को समस्या खेपिरहेको कोटहीमाईमा दुइ हजार दुई सय वाट क्षमताको उच्च पावरयुक्त चुल्हो वितरणपछि निकै आलोचना हुन थालेको छ । […]