प्रचण्ड–नेपाल पक्षको विरोध सभा : सोफाको साटो मञ्चमा राखियो कुर्सी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले आयोजना गरेको विरोध सभाका लागि तयार पारिएको मञ्चमा नेताहरूका लागि सोफाको साटो कुर्सी राखिएको छ । यसअघिको सभामा मञ्चमा सोफा राख्दा त्यसको आलोचना भएको थियो । सोही कारण यसपटक सबै नेताका लागि कुर्सी राखिएको हो ।  अघिल्लोपटकको गल्तीलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले यसबीचमा गरेका थिए । विरोध सभा भृकुटीमण्डपको सडकमा हुँदैछ ।​ त्यसका लागि विभिन्न स्थानबाट विरोध जुलुसहरू शुरू भएका छन् । प्रधानमन्त्र...

सम्बन्धित सामग्री

कोशी नाम सच्याउन माग गर्दै र्याली र विरोध सभा

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले र्याली र विरोध सभा गरेको छ।...

सुकुम्बासीहरुले मागे लालपुर्जा : माइतीघरमा विरोध सभा, बानेश्वरसम्म र्‍याली

काठमाडौं : वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदीको किनारमा रहेको सुकुम्बासी बस्ती  हटाउने निर्णय गरेको विरोधमा राजधानीमा आज विरोध प्रदर्शन भएको छ। सुकुम्बासी बस्तीमा बस्दै आइरहेकाहरुले आज माइतीघरमा विरोध सभा आयोजना गर्दै बानेश्वरसम्म र्‍याली निकालेका थिए। उनीहरुले सरकारसँग बस्दै आएको क्षेत्रमै लालपूर्जा दिन र उठिबास नलगाउन पनि आग्रह गरेका…

वसन्तपुरमा कांग्रेसको विरोध सभा

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कांग्रेसले वसन्तपुरमा विरोध सभा आयोजना गरेको छ। काठमाडौंको विभिन्न भागबाट जुलुस सहित कांग्रेस नेता, कार्यकर्ता वसन्तपुर पुगेका थिए। असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेको र्‍याली त्यहाँ विरोध सभामा परिणत भएको थियो। विरोध सभालाई कांग्रेस नेताहरुले सम्बोधन गरिरहेका छन्।

सरकारको असंवैधानिक कदमविरुद्ध प्युठानको स्वर्गद्वारीमा विरोध सभा

शिव पन्थी, प्युठान । ‘टोल टोलमा समिति र वार्ड वार्डमा सभा’ कार्यक्रमम अन्तरगत राष्ट्रिय जनमोर्चाले प्युठानको स्वर्गद्वारी–७ को सोत्रेमा विरोध सभा सम्पन्न गरेको छ । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाकार वीरबहादुर पुनले केपी ओली सरकारले गरेको अधिनायकवादी शैलीबाट गरेको संविधान बिपरीतको कामविरूद्धमा राजमो नै अग्र पङ्गतिमा रहेर देशभरी विरोध कार्यक्रम गरिरहेको बताउनु भयो । राजमो जिल्ला सदस्य इन्द्रबहादुर खड़काले बेरोजगारीका कारण लाखौं युवाहरू विदेश जान बाध्य भएपछी देशमा कसले विकास गर्ने भनेर प्रश्न गर्नुभयो । उहाँले नालायक सरकारको कारणले युवाहरु विदेशीन बाध्य भएको बताउनु भयो । जिल्ला सल्लाकार थम्मन बूढामगर, यामप्रसाद शर्मा, ओबीराम जिएम, अखिल नेपाल महिला संघ जिल्ला सदस्य तथा नगर कार्यपालिका सदस्य, खुमा अधिकारी, बिन्दु परियार, पुनाराम परियार, मोहन गोराथोकी, शिव पन्थी, तिलक कालाथोकी लगाएत वक्ताहरुले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बेलुराम अधिकारीले राजमो वडा समितिलाई एक थान माइक सहयोग गर्नुभएको छ । दामोदर गोराथोकीको अध्यक्षता, बिष्णु भुषालको सञ्चालनबाट अघि बढेको कार्यक्रममा याम प्रसाद घिमिरेले स्वागत गर्नुभएको थियो ।

काठमाडौंमा कांग्रेसको विरोध सभा, सिटौला र गगन थापासहितले सम्बोधन गर्ने

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले शुक्रबार काठमाडौंमा विरोध सभा गर्दैछ । शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षार्थ तथा केपी ओली सरकारको असंवैधानिक कदमको विरुद्धमा शहिद दिवसको अवसर पारेर कांग्रेसले सभाको आयोजना...

कैलालीको बौनियामा राजमोको विरोध सभा

कैलाली । राष्ट्रिय जनमोर्चा कैलालीले बौनिया बजारमा विरोध सभा सम्पन्न गरेको छ । ‘प्रतिनिधि सभा पुनर्स्थापना, गणतन्त्र र राष्ट्रियताको रक्षा, संघीयता तथा भ्रष्टाचार विरुद्ध’ राजमोले माघ ३ गतेदेखि दैनिक विभिन्न स्थानीय तहमा विरोध सभाको आयोजना गरिरहेको छ । बिहीबार बौनिया बजारमा आयोजित विरोध सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले सम्बोधन गर्नुभएको थियो । महिला नेत्री रुपा आलेमगरको अध्यक्षता तथा राजमो जिल्ला सदस्य मेयरजंग शाहीको सञ्चालनमा अघि बढेको विरोध सभामा राजमो कैलाली अध्यक्ष दयाराम सन्ज्याल, सचिव जगत जोशी, किसान संघका जिल्ला अध्यक्ष राजबहादुर शाही, बुद्धिजीवी संघका शोभामणिी भट्ट, नेकपा (मसाल) कैलाली जिल्ला प्रवक्ता मिलन शाही र लल्ला रानाको आतिथ्यता रहेको थियो । कार्यक्रममा राजमो जिल्ला सदस्य अन्जना मास्केले स्वागत गर्नु भएको थियो । यो पनिः कैलालीको दुर्गौली र लम्कीमा राजमोको विरोध सभा टिकापुरमा राजमोको विरोध सभा राजमाे कैलालीकाे अभियान जारी, भजनी र हसुलियामा विराेध सभा कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु  कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम

कैलालीको दुर्गौली र लम्कीमा राजमोको विरोध सभा

कैलाली । राष्ट्रिय जनमोर्चा कैलालीले सुरु गरेको संघर्ष र संगठन अभियान अन्तर्गत बुधबार दुगौली र लम्कीमा विरोध सभा सम्पन्न भएको छ । राजमोले प्रतिनिधि सभा पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको विरोध लगायतका विषयमा जिल्लाब्यापी अभियान सञ्चालन गरेको हो । अभियानका क्रममा दुर्गौलीमा भएको कोणसभाको सञ्चालक टेकराज न्यौपानेले गर्नुभएको थियो भने राजमो जिल्ला सचिव जगत जोशीले सम्बोधन गर्नुभएको थियो । यता, लम्कीमा भएको सभाको अध्यक्षता राजबहादुर शाही र सञ्चालन जगत जोशीले गर्नुभएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज मनोज भट्ट, नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाहि, राजमो प्रदेश सदस्य तिलक परियार, जिल्ला अध्यक्ष दयाराम सन्ज्याल, युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा स्वागत देवमणी न्यौपानेले स्वागत गर्नुभएको थियो । यो पनिः टिकापुरमा राजमोको विरोध सभा राजमाे कैलालीकाे अभियान जारी, भजनी र हसुलियामा विराेध सभा कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु  कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम

नवलपरासीका ठाउँ ठाउँमा राजमोको विरोध सभा

नवलपरासी । राष्ट्रिय जनमोर्चाले नवलपरासीका विभिन्न स्थानमा विरोध सभा सम्पन्न गरेको छ । विघटित प्रतिनिधि सभाको पुनर्स्थापनासहित संघीयताको खारेजी, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा भ्रष्टाचार विरुद्ध जारी अभियान अन्तर्गत प्रतापुर र सुस्ता गाउँपालिकाका गाउँहरुमा पर्चा वितरणसँगै कोण सभाको आयोजना गरेको हो । बिहीबार गोपिगञ्ज, सेमरि, वेलाटारी, कुडिया, महलबारी,रुपौलिया, वरुवा लगातका बजारहरुमा पर्चा वितरणका साथै कोणसभा सम्पन्न गरेको राजमो नवलपरासीले जनाएको छ । ती कोणसभाहरुमा राष्ट्रिय जनमोर्चा प्रदेश सदस्य रेम राना, जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदी, जिल्ला उपाध्यक्ष राजेन्द्र अर्याललगायत नेताहरुले पार्टीको धारणा राख्नु भएको थियोे ।

कैलालीमा युवक संघ र अखिल (छैठौं) को विरोध सभा

धनगढी । प्रतिनिधि सभा विघटनको विरोधमा अखिल नेपाल युवक संघ र अखिल (छैठौं) ले संयुक्त रुपमा विरोध सभा गरेका छन् । विघटित संसदको पुनर्स्थापनाका लागि देशव्यापी संघर्षको कार्यक्रम अन्तरगत आइतबार धनगढीको क्याम्पस चोकमा विरोध सभा सम्पन्न गरिएको हो । विरोध सभालाई अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रसान्त थापा, राष्ट्रिय जनमोर्चाका कैलाली जिल्ला सचिवालय सदस्य डबल बोगटी र अखिल (छैठौं)का जिल्ला सदस्य लेखराज आर्चायले सम्बोधन गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको पुनर्स्थापना गर्न माग गर्दै देशब्यापी आन्दोलन गर्दै आएको छ । संसद विघटन भएको अर्को दिन (पुस ६ गते) देखि नै संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको राजमोले देशब्यापी थप कार्यक्रमको घोषणा समेत गरेको छ ।

संसद विघटनविरुद्ध कञ्चनपुरमा राजमोको विरोध सभा

पुष्कर भट्ट, कञ्चनपुर । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अप्रजातान्त्रिक र असंवैधानिक कदम तथा प्रतिनिधि सभा विघटनको विरुद्ध विरोध सभा सम्पन्न गरेको छ । राजमो बेलौरी नगरसमितिको आयोजनामा मंगलबार बेलौरी बजारको संविधान चोकमा सम्पन्न विरोध सभालाई राजमोका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले सम्बोधन गर्नुभयो । त्यस क्रममा नेता भट्टले अहिलेको संकटबाट मुक्त हुने पहिलो सर्त विघटित प्रतिनिधि सभाको पुनर्थापना नै भएको बताउनुभयो । उहाँले बलिदानीपूर्ण संघर्षबाट प्राप्त सिमित गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध प्रतिगामीहरुले चलखेल गरिरहेको बेला प्रधानमन्त्रीले संसद विघटन गरेर देशलाई थप अस्थिरता तर्फ धकेलेको आरोप लगाउनुभयो । भट्टले संघीयता देशका लागि अफापसिद्ध भइसकेकोले त्यसको खारेजी हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमलाई तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की, सचिव अहिमान थापा, राजमो कैलाली जिल्ला सदस्य कृष्णप्रसाद चौधरी, अखिल‌ नेपाल महिला संघकी केन्द्रीय सदस्य कमला चौधरी, अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टले सम्बोधन गर्नु भएको थियो । बेलौरी नगर समितिका अध्यक्ष दयाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव पेपुराम चौधरीले गर्नुभएको थियो ।