५ भदौ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जुत्ता-चप्पल व्यापार मेला हुने भएको छ । मेलामा स्वदेशमा उत्पादित जुत्ता-चप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गरिने फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ । आयोजकका अनुसार मेला २० भदौसम्म चल्ने छ। एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेकाअनुसार आयात प्रतिस्थापन गरी जुत्ता-चप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन […]