काठमाडौं : प्रतिनिधि सभा विघटनपछि नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजन भएको छ। विभाजित नेकपाको एउटा समूह संसद विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरोध गर्दै सडक संघर्षमा छ। तर नेकपाको दुई पक्षको आधिकारिता अहिले निर्वाचन आयोगमा पुगेर रोकिएको छ। विभाजित दुवै पक्षले आफ्नो पक्ष नै आधिकारिता भएको दाबी गर्न भने छाडेका छैनन्। पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निर्वाचनको तयारीमा जुटिरहेको छ। निर्वाचनको प्रचार गर्दै बालुवाटारबाट सिंहदरबारसम्म नपुग्न