संयुक्त राष्ट्र संघले संयुक्त अरब एमिरेट्सकी राजकुमारी लतीफा जीवत रहेको ठोस प्रमाण माग गरेको छ । राजकुमारी लतीफालाई बन्धक बनाएर राखेको बताइन्छ । राजकुमारी लतीफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम विश्वकै सबैभन्दा धनी राष्ट्राध्यक्षमध्ये एक हुन् । उनी दुबईका शासक तथा यूएईका उप–राष्ट्रपति पनि हुन् ।जेनेभामा संयुक्त राष्ट्र संघको मानवअधिकार विशेषज्ञहरुले मंगलबार एक बयान जारी गर्दै राजकुमारी लतीफालाई तुरुन्त रिहा गर्न माग गरेको छ । राजकुमारी लतीफाले सन् २०१८ मा दुबईबाट भाग्ने प्