संयुक्त राष्ट्र संघ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट एरोसान सम्मानित

काठमाडौं। एरोसान हव संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्तर्गत विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट पुरस्कृत भएको छ। स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि एरोसानलाई उक्त पुरस्कार दिइएको हो। एरोसानले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय र भएका पुराना सार्वजनिक शौचालयको पुनर्निर्माण गरी अत्याधुनिक शौचालयमा रुपान्तरण गरेको छ।

सम्बन्धित सामग्री

संयुक्त राष्ट्र संघमा नेपाल

युद्धको विभीषिकाबाट संसारलाई मुक्त गर्ने आदर्श बोकेर सन् १९४० को दशकमा स्थापना भएको संयुक्त राष्ट्र संघ यतिबेला सातौँ दशकको यात्रामा छ।...

संयुक्त राष्ट्र संघ शक्तिहीन हुनु हुँदैन

युक्रेनमाथि रुसी आक्रमणको पहिलो वर्षगाँठले हामीलाई युद्धको विश्वव्यापी असरमाथि समीक्षा गर्ने अवसर दिएको छ।...

युक्रेनमा अहिले नै रूसी युद्ध अपराध पुष्टि गर्नु हतार हुन्छ: संयुक्त राष्ट्र संघ

२ असार, कीभ । संयुक्त राष्ट्रसंघीय यूक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भए पनि  ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ । आयोगका अध्यक्ष एरिक मोसेले कीभमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायतका […]

मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्र संघ सहायक महासचिवबीच भेटवार्ता

पोखरा–गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्मन्त्री कार्यालयमा बिहीबार औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधि लगायत सहभागी थिए । गण्डकी […]

संयुक्त राष्ट्र संघ र आजका चुनौती

संसारभरका विभिन्न भेला र जमघटमध्ये १९ अप्रिल १९४५ को सनफ्रान्सिस्को सम्मेलन जसमा विश्वका ५६ देशले भाग लिएका थिए । यो नै विश्वसंस्था निर्माण गर्ने महŒवपूर्ण औपचारिक अध्याय बन्न पुग्यो । यसरी दोस्रो विश्वयुद्धको संहारकारी परिणामले भयभित भएको मानव जातिलाई दुःख कष्टबाट सुरक्षित गर्ने पवित्र उद्देश्य लिई सन् १९४५ अक्टोबर २४ मा स्थापित भएको संयुक्त राष्ट्र […] The post संयुक्त राष्ट्र संघ र आजका चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तालिवानले घर-घर गएर मानिसहरुको खोजखाज गरिरहेका छन् : संयुक्त राष्ट्र संघ

अफगानिस्तान कब्जा गरेको तालिवानले नेटो सदस्य राष्ट्रसँग काम गरेका व्यक्तिहरुको खोजी गरिरहेको संयुक्त राष्ट्र संघको एक रिपोर्टमा उल्लेख गरिएको छ। उक्त रिपोर्टमा तालिवानी लडाकुहरुले घर-घर गएर नेटोसँग काम गरेका व्यक्तिहरुलाई खोजिरहेको र परिवारका सदस्यहरुलाई धम्की दिइरहेको दाबी गरिएको छ। तालिवानले भने आफूले सबैलाई माफी दिएको र बदला लिनका लागि कसैलाई पनि…

म्यान्मारलाई हतियार नबेच: संयुक्त राष्ट्र संघ

न्युयोर्क, (एजेन्सी)।  संयुक्त राष्ट्र संघ (यूएन) ले यसै वर्ष म्यान्मारमा भएको हिंसात्मक सैनिक विद्रोहलाई लिएर म्यान्मारलाई विश्वका कुनै पनि मुलुकले हातहतियार नबेच्न आह्वान गरेको छ । यस्तो किसिमको आह्वानलाई दुर्लभ कदम मानिएको छ ।संयुक्त राष्ट्र संघको साधारणसभाले गत फेब्रुअरीमा प्रजातान्त्रिक परिपाटीबाट निर्वाचित सरकारलाई अपदस्थ गर्ने सैनिक जुन्ता सरकारविरुद्ध यो प्रस्तावना पारित गरेको हो । यूएनले […]

‘नेपालको विदेश नीति र संयुक्त राष्ट्र संघ’ पुस्तक विमोचन

वैशाख ११, काठमाडौं । ‘नेपालको विदेश नीति र संयुक्त राष्ट्र संघ’ शीर्षकको पुस्तक विमोचन हालै एक समारोहका बीच काठमाडौंस्थित होटल येलो प्यागोडामा गरिएको छ ।  पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना यूएन एशोसियशन अफ नेपालले गरेको थियो । पुस्तकमा विदेश सचिव, पूर्व विदेश सचिवहरु, पूर्वराजदूत, प्राज्ञ र विद्वानहरु जस्ता प्रख्यात व्यक्तिहरुले लेखेका २५ ओटा लेख समाविष्ट छ । पुस्तकको विमोचन प्रमुख अतिथि एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए ।  कार्यक्रमको अध्यक्षता एशोसियशनका अध्यक्ष एसोसियट प्राध्यापक डम्बर बिर थापाले गरेका थिए ।  कार्यक्रममा एशोसियशनका उपाध्यक्ष राधेश पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पूर्वराजदूत प्राध्यापक डा मोहन प्रसाद लोहनीले समयमा पुस्तक प्रकाशनमा सघाएकोमा सम्पादकीय टोलीको तर्फबाट योगदानकर्ताहरुलाई धन्यवाद दिएका थिए ।  पुस्तकको समीक्षा गर्दै संयुक्त राष्ट्र संघको ७५ औं स्थापना दिवस र नेपालले यूएनको सदस्यता लिएको ६५ औं वर्षको अवसर पारेर सो पुस्तक सार्वजनिक गरेर राम्रो काम गरेको भन्दै सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक निश्चल नाथ पान्डेले एशोसियशनलाई धन्यवाद ज्ञापन गरेका थिए ।

म्यानमार नरसंहारको विरोधमा संयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन

काठमाडौं : म्यानमारको सैनिक सरकारले गरेको हत्याको विरोधमा ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्र संघको भवनअगाडि प्रदर्शन गरिएको छ।मानव अधिकार तथा शान्ति समाजले हत्या र दमनको निन्दा एवं भर्त्सना, राजनीतिक बन्दीहरुको बिनासर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित प्रदर्शन गरेको हो।